|

विराटनगर : मोरङको विराटनगर महानगरपालिकाका कतिपय मतदानस्थलमा अझै मत हाल्ने क्रम जारी छ। यो क्रम राती ८ बजेसम्म लाग्नसक्ने निर्वाचन कार्यालयका सूचना अधिकृत भक्त भट्टराईले जानकारी दिए।

साँझ ५ बजेसम्म मतदान गर्ने भनिए पनि लाइनमा बसेका मतदाताहरुको संख्या धेरै भएकाले राति ८ बजेसम्म लाग्न सक्ने उनले बताए। विराटनगरको वडा नम्बर ६ को शिक्षासदनको मतदान केन्द्र, विराटनगर ४ कंचनबारी निमावि मतदान केन्द्र, विराटनगर १८ को खोक्सा मतदान केन्द्र र विराटनगर १० को संसारिमाइस्थानमा मतदाताको घुइँचो अझै छ।

धेरैको संख्यामा रहेका मतदातालाई गेटभित्र प्रवेश गराइएको छ। मोरङका अन्य स्थानीय तहमा भने मतदान सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.