|

  • विकास डाँगी

दाङ : स्थानीय तह दोस्रो चरणको निर्वाचनको दिन बुधवार असार १४ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को मतदान केन्द्रमा सुतली बम बिस्फोट भयो। बिहान करिब ९ बजे अज्ञात समूह बम फालेर भाग्यो। तर पनि मतदाताहरु सकुशल रहन सफल भए।

एक व्यक्तिले फालेको बमलाई सुरक्षामा खटिएका प्रहरी हवल्दार दुर्गा बहादुर राणाले भुँईमा नखस्दै हातले च्याप्प समाते। त्यसपछि उनले त्यो बम मतदान केन्द्रभन्दा बाहिर फालिदिए। जहाँ मानिसहरु थिएनन्। यसरी आफ्नो ज्यान धरापमा राखेर राणाले अरुको ज्यान बचाए।

बम समात्ने आँट गर्ने साहसी राणा को हुन् ? यतिबेला धेरैलाई चासो छ।

सल्यान जिल्ला सितलपाटीमा २०३६ सालमा जन्मेका हुन हवल्दार दुर्गा बहादुर राणा उनले २०५८ सालबाट प्रहरीमा सेवा सुरु गरेका हुन्।  देश र जनताको सेवाको लागी द्वन्द्वकालमै प्रहरीमा भर्ती भएको राणाले बताए। निर्वाचनअघि महानगरीय प्रहरी प्रभाग सामाखुसीका कार्यरत रहेको उनले बताए।

दोस्रो चरणको निर्वाचन लागि उनी रौतहट खटिएका थिए। तर त्यहाँ निर्वाचन सरेपछि उनलाई दाङमा खटाइयो। हवल्दार राणाका २ छोरा र १ छोरी छन्। राणाले समातेर फालेको बम मतदान केन्द्रभन्दा झन्डै १०० मिटर पर बिस्फोट भएको थियो । बम विस्फोट हुँदा कुनैपनि क्षती नभएको प्रहरीले जनाएको छ।

चुनावी वातावरणलाई भयभित बनाउने उद्देश्यबाट बम बिस्फोट गरिए पनि मानविय क्षती नभएको प्रहरी प्रमुख धीरज प्रताप सिंहले जानकारी दिए ।  उनले बम बिस्फोट गराउनेको खोजी भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.