|

  • भविश्वर पाण्डे-

कावासोती : नवलपरासीको भारतीय सीमासँग जोडिएको सरावल गाँउपालिका ६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा बुधबार भएको  मतदानमा  जम्मा २ मतमात्र खसेको छ।

जम्मा  ५ सय ५० मतदाता रहेको उक्त्त केन्द्रमा जम्मा २ मत खसेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन्। स्थानीय तहको पुनर्सरचनाको विरोधमा उक्त क्षेत्रका मतदाताले मतदान नगरेका हुन्।

साविकको भुजवा गाविसको २ नम्बर वडा बाहेक अन्य वडालाई अहिलेको सरावल गाउँपालिकाको ७ नम्बर वडामा राखिएको छ। २ नम्बर वडालाई भने वडा नम्बर ६ बनाइएको विरोधमा स्थानीय वासिन्दाले मतदान नगरेका हुन्।

नवलपरासीमा ७० प्रतिशत मत खस्यो

नवलपरासी जिल्लामा ७० प्रतिशत मत खसेको जिल्ला निवार्चन कार्यालय नवलपरासीका प्रमुख अयोध्या भण्डारीले जनाकारी दिएका छन्। कुल १ लाख ८३ हजार १३ मत रहेको मा १ लाख २९ हजार मत खसेको उनले बताए। मतदाता परिचय पत्र ८१ प्रतिशतले लिएको भएपनि मत हाल्न भने ७० प्रतिशत मात्र आएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.