|

धरान : १२ वटा स्थानीय तह रहेको सुनसरीमा ७० प्रतिशत बढी मत खसेको छ। जिल्लाको ४८५ मतदान केन्द्रमा कुल मतदाताको ७० प्रतिशत भन्दा बढी मत खसेको हो। 

चार लाख २१ हजार १ सय ५९ जना मतदाता रहेको सुनसरीको धेरै जसो मतदान केन्द्रको मतदान सम्पन्न भइसकेको मुख्य अधिकृतको कार्यालयले जनाएको छ।मतदान गर्ने समय सकिएपनि केही मतदाता लाइनमा रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी शान्तिबहादुर अधिकारीले बताए।

उनका अनुसार विभिन्न मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतका कार्यालयमा लैजान क्रम जारी रहेको छ। यसैबिच जिल्लाको सबैभन्दा बढी मतदाता रहेको धरानमा मतदाताहरुका उत्साहपूर्ण रुपमा मतदान भएको छ।

हेर्नस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.