|

  • राजेन्द्रबहादुर सिंह-

बझाङः बझाङको जयपृथ्वी नगरपालिका– ३ मा रहेको श्री पाण्डु उमावि मतदान स्थलमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यक्रताबीच दोहोरो झडप हुँदा मतदान प्रक्रिया स्थगित भएको छ। 

जेष्ठ मतदाताको मतसंकेत अर्कैले गरेको विषयलाई लिएर कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्का घाइते भएका छन्। 

झडपमा परी स्थानीय मतदाता राजेन्द्र विष्ट पनि घाइते भएका छन्। एक हजार ३१४ मतदाता रहेको सो मतदान स्थलमा ४२८ मत खसेपछि झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको जानकारी प्रहरीले दिएको छ।

झडपमा ढुंगामुढा प्रहार भएपछि सुरक्षाको व्यवस्था थप कडा पारिए पनि मतदान प्रक्रिया भने सुचारु हुन सकेको छैन। मतदान प्रक्रिया स्थगित भएपछि सर्वदलीय बैठक बसिरहेको छ। बैठकको निर्णयपछि मात्र मतदान हुने जानकारी निर्वाचन कार्यालयले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.