|

काठमाडौ‌ : निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचन उत्साहका साथ सम्पन्न भएको जानकारी दिएका हुन्। 

बुधबार मतदान सम्पन्न भएलगत्तै काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले  ७० दशमलव ५ प्रतिशत मत खसेको जानकारी दिए। बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्तगतको ३ सय ३४ स्थानमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो।

प्रमुख निर्वाचन आयुक्त यादवले सबैभन्दा बढी ८० प्रतिशत मत बाजुरा जिल्ला र सबै भन्दा कम मत ६१ प्रतिशत भोजपुरमा खसेको पनि जानकारी दिए। उनले अाजैबाट मतगणना सुरु हुने बताए। 

उनले अहिले मतपेटिका मतदान केन्द्रमा ल्याउने ल्याउने काम सुरु भइसकेको बताए। प्रमुख निर्वाचन आयुक्त यादवले मतगणना कार्यमा ढिलाई नहुने पनि बताए।

निर्वाचन आयोगले उपयुक्त ठाउँको व्यवस्था गरी मतगणना कार्यमा ढिलाई नगर्न सम्बन्धित निर्वाचन अधिकृतहरुलाई यसअघि नै निर्देशन दिइसकेको छ। निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गरेको छ।

प्रमुख निर्वाचन आयुक्त यादवले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन पनि सबैमा अपिल गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.