|

बाँके : स्थानीय तह निर्वाचनमा जिल्लामा झन्डै ७५ प्रतिशत मत खसेको छ। कुल ८ तह रहेको बाँकेमा करिब ७५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको प्रमुख निर्वाचन अधिकृत तेज नारायण पौडेलले जानकारी दिए।

पहाडिया र थारु बाहुल्य गाउँपालिकाको तुलनामा मधेसी बाहुल्य रहेको गाउँपालिकामा बढी मत खसेको छ। नेपालगन्ज उपमहानगरपालिकामा ७०–७२ प्रतिशत र राप्ती–सोनारी गाउँपालिकामा ७० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत पौडेलले बताए। 

खजुरा गाउँपालिकामा ७५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भुवन गिरीले बताए। उनले २९ हजार ४१५ मत मध्ये करिव २२ हजार मत खसेको जानकारी दिए।

प्रमुख निर्वाचन अधिकृत पौडलका अनुसार कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सोचेभन्दा कम मत खसेको छ। उनले केही ठाउँको विवरण आउन बाँकी रहेको बताए।

बैजनाथ गाउँपालिकामा ७० प्रतिशत मत खसेको निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए। मतपेटिका आउन बाँकी रहेकोले यसै भन्न नसकिने भएपनि करिब ७० प्रतिशत मत खसेको अनुमान उनले गरे।

नरैनापुर गाउँपालिकामा करिब ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृत गोर्ख बहादुर थापाले जानकारी दिए। उनले १५ हजार ५३ मत मध्ये  करिब १२ हजार ५ सय मत खसेको बताए। 

जानकी गाउँपालिकामा पनि ७५ देखि ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृत ऋषिराम केसीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.