|

उदयपुर : दिउँसो ४ बजेको समयमा मतदान गर्न जाँदा बेहोस भएर ढलेका वृद्धको मृत्यु भएको छ। वेलका नगरपालिका ३ को मादी मतदान केन्द्रमा मतदान गर्न जाँदा बेहोस भएर ढलेका ७० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

‘मतपत्र लिएर मतदान गर्न गएका थिए रे,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओमराना मगरले भने, ‘मतदान गरेपछि बेहोस भएर ढलेका वृद्धलाई उपचार गर्न नजिकैको स्वास्थ्य चौकी लाँदा बाटोमै मृत्यु भएको हो।’

परिवारिक स्रोतलाई उदृत गर्दै प्रहरीले मृतक वृद्धलाई दीर्घ रोग भएको जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.