|

म्यानमार : राष्ट्रपति यू हटिन क्याअले लुम्बिनी भ्रमणको इच्छा व्यक्त गरेका छन्। म्यानमारका लागि नवनियुक्त नेपाली राजदूत भिम कुमार उदासलाई ओहदाको प्रमाणपत्र प्रदान गर्दै उनले यस्तो इच्छा सुनाएका हुन्। 

नाय पी तस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उनले न् १९६० देखिको दुईदेशिय सम्बन्ध भिमकुमारको समयमा अझै प्रगाढ भएर जाने विश्वास व्यक्त गरे। उनले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि म्यानमार सरकार सबै खाले सहयोग गर्न तयार रहेको बताए। 

बौद्ध धर्मालम्बी क्याअले नेपाल र लुम्बीनी भ्रमणको इच्छा राखे। उनले नेपालको प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई राजदूत भिमकुमारमार्र्फत बधाई सन्देश समेत पठाए। 

राजूदत भिमकुमारले नेपाल र म्यानमारबीच शताब्दीऔं अघिदेखिको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धका विषयमा चर्चा गरे। उनले धार्मिक पर्यटन र व्यापारका लागि बर्मासँग साझेदारी गरेर नेपालले अघि बढ्न चाहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Most welcome our country and our Buddha Birth place.