|

चितवन : चितवनको भरतपुरमा ३ दिनदेखि बेपत्ता भएका एक वृद्ध आज जंगलमा मृत फेला परेका छन्। भरतपुरको नवजागृति सामुदायिक वनभित्र आज अपरान्ह ४ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

भरतपुर महानगरपालिका वडा नम्बर ११ प्रसिद्धि टोलका स्थानिय ६० वर्षका शेरबहादुर कुमाल यही असार ११ गतेदेखि बेपत्ता भएका थिए। स्थानीयले दिएको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनी मृत अवस्थामा फेला परेका हुन्।

उनको खोजीका लागि परिवारबाट चितवन प्रहरीमा निवेदन समेत परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.