|

भोजपुर : स्थानीय तह निर्वाचनमा भोजपुरमा सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रले खाता खोलेको छ। रामप्रसाद राई गाउँपालिका ८ मा माओबादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो। माओवादी केन्द्रका वडाध्यक्षका उमेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी एमालेका बाचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी भएका हुन्।

नौ ओटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच ओटा तहको मगणना जारी रहेको छ। तीन ओटा तहको भने केन्द्रमा मतपेटिका पुगीसकेको र मत गणनाका लागि तयारी भइरहेको र साल्पाशिलिचो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कार्यालय पुग्न बाँकी सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए। तीन दिन भित्रमा मत परिणाम आइसक्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.