|

सुनसरी : १२ वटा स्थानीय तह रहेको सुनसरीमा अहिलेसम्म ६ वटा स्थानीय तहमा मात्र मतगणना सुरु भएको छ। अहिलेसम्म मतगणना भएकोमा बर्जु र भोक्राहा गाउँपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

प्रारम्भिक नतिजा अनुसार बर्जुमा माओवादी केन्द्रका अध्यक्षको उम्मेदवार सुरेन्द्र मेहता अगाडि रहेका छन्। ५०० मतगणना हुँदा मेहताले १९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका फनिलाल चौधरीले १३५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यसैगरी भोक्राहामा संघीय समाजवादी फोरमका उम्मेदवार वेचन यादवले ७३ मत प्राप्त गरेका छन् भने एमालेका मनिलाल मेहताले ५३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। भोक्राहामा २६५ मतगणना भइसकेको छ। यसैगरी कोशी गाउँपालिका र दुहवी नगरपालिका, बराह नगरपालिका र हरिनगर गाउँपालिकामा मतगणना कार्य सुरु भएको छ।

मतगणना सुस्त गतिमा

निर्वाचन आयोगले उपमहानगरपालिहकाको नजिता हप्ता दिनभित्र सार्वजनिक गर्ने जनाएको भए पनि सुनसरीको इहटरी र धरानमा बिहीबार विहान ११ बजेसम्म पनि मतगणना सुरु हुन सकिरहेको छैन।

निर्वाचन अधिकृतको कार्यालय धरानमा निर्वाचन अधिृकत जयप्रसाद महतका अनुसार धरानको मतगणना दिउँसो २ बजेबाट सुरु हुनेछ। यसैगरी इटहरी उपमहानगरपालिकाको पनि बिहीबार दिउँसोदेखि नै मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिएका छन्। उनका अनुसार देवागञ्ज गाउँपालिका, रामधुनी गाउँपालिका, गढि गाउँपालिका र इनरुवा नगरपालिकाको मतगणना सुरु हुन सकेको छैन।

निर्वाचनको मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा आइसकेपछि दलीय सहमतिको आधारमा मतगणना गर्नुपर्ने हुनाले ढिलाई भएको निर्वाचन अधिकारी जानकी कर्णले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.