|

  • भविश्वर पाण्डे

नवलपरासी : नवलपरासीका ७ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । प्राप्त विवरण अनुसार सुनवल नगरपालिका प्रमुखमा काँग्रेस उम्मेदवारले १ हजार ७४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ८ सय ९१ मत प्राप्त गरेका छन् ।

यस्तै बर्दघाट नगरपालिकामा काँग्रेसले ५ सय८२ मत प्राप्त गरेको छ भने एमालेले ४ सय ९० मत प्राप्त गरेको छ । रामग्राम नगरपालिकामा पनि काँग्रेसकै अग्रता छ । प्राप्त विवरण अनुसार काँग्रेसका उम्मेदवारले ४ सय ४१ मत प्राप्त गरेका छन् भने एमालेका  उम्मेदवारले २ सय ९९ मत प्राप्त गरेका छन् ।

सुस्ता गाउँपालिकामा भने एमालेले अग्रता लिएको छ । हालसम्मको मतपरिणाम अनुसार एमालेले ७ सय ८० मत प्राप्त गरेको छ भने काँग्रेसले ५ सय ५९ मत प्राप्त गरेको छ । सरावल गाउँपालिकामा भने लोकतान्त्रिक फोरमले अग्रता लिएको छ । उसको २ सय ७४ मत छ भने एमालेले १ सय ४८ र काँग्रेसले १ सय ४० मत प्राप्त गरेको छ ।

यता प्रतापुर गाउँपालिकामा काँग्रेसको अग्रता छ  काँग्रेसले ९ सय ४५ मत प्राप्त गरेको छ भने एमालेले  ८ सय ३२ मत प्राप्त गरेको छ । नेपाल लोकतान्त्रिक फोरमले  एमालेलाई पच्छाइरहेको छ । उसले ८ सय ११ मत प्राप्त गरेको छ ।  बालिनन्दन गाउँपालिकामा भने संघीय समाजवादी फोरम ले २ सय २८ मत प्राप्त गर्दै अग्रता लिएको छ । काँग्रेसले २ सय ३५ मत प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.