|

  • गणेश खनाल- 

अर्घखाँची : अर्घखाँचीका ६ वटा स्थानीय तह मध्ये ४ वटा तहको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार चितगंगा नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धनबाट मेयरमा उम्मेदवार भएका कांग्रेसका सूर्य अधिकारीले २ सय ९८ मत प्राप्त गरेका छन् भने माओवादीकी उपमेयर टीका रेश्मीले २ सय ८३ मत प्राप्त गरेकी छिन् ।

एमालेका मेयरका उम्मेदवार बसन्त श्रेष्ठले  २स य ९६ मत प्राप्त गरेका छन् भने उपमेयरकी उम्मेदवार गीता भाटले ३ सय १० मत ल्याएकी छिन्। कांग्रेस र माओवादीको गठबन्धन रहेको भूमिस्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता लिएको छ। प्राप्त विवरण अनुसार राजमोका मेयर उम्मेदवार कविराम खनालले ७५ र उपमेयरकी उम्मेदवार तुलसा रानाले पनि ७५ मत प्राप्त गरेकी छिन् ।  माओवादीका तर्फबाट मेयरका उम्मेदवार रेशम थापाले १४ मत प्राप्त गरेका छन् भने कांग्रेसका उपमेयरका उम्मेदवार खडानन्द वेलवासेले पनि १४ मत ल्याएका छन् । एमालेका मेयर पदका  उम्मेदवार पिताम्बर भुसालले ८ र उपमेयर सुनिता वेलवासेले ६ मत ल्याएकी छिन्।

छत्रदेव गाउँपालिकामा एमालेले अग्रता लिएको छ । प्रमुखमा एमालेका ऋषि अधिकारीले १ सय १८ मत ल्याएका छन् । उपप्रमुख मनिषा खत्रीले १ सय १३ मत प्राप्त गरेकी छिन्। कांग्रेसबाट प्रमुखका उम्मेदवार लेखनाथ पोखरेलले १ सय १० मत ल्याएका छन्  भने उपप्रमुख तुलसा श्रेष्ठले १ सय २१मत प्राप्त गरेकी छिन्। यस्तै माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार प्रकाश ज्ञवालीले ३३ मत ल्याएका छन् भने उपप्रमुख  विष्णुमाया रायमाझीले ३३ मत ल्याएकी छिन्। 

काँग्रेस माओवादी गठबन्धन भएको मालारानी गाउँपालिकामा एमालेले अग्रता लिएको छ। एमालेका  प्रमुख पदका उम्मेदवार बालकृष्ण आचार्यले ५१ र उपाध्यक्ष प्रमिला क्षेत्रीले पनि ५१ मत ल्याएकी छिन्। माओवादीबाट प्रमुखका उम्मेदवार पदम क्षेत्रीले ३६ र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार शान्ता खनालले ३९ मत ल्याएकी छिन्। अर्घाखाँचीका सन्धीखर्क नगरपालिका, पाणिनी गाउँपलिकाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.