|

लहानः सिरहाको लहान नगरपालिका– ३ का एक वृद्धको हत्या अभियोगमा पक्राउ गरिएका दुई जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन्। 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेका अनुसार लक्ष्मणकुमार सहनी र दीपेशकुमार सिंहलाई कर्तव्य ज्यान मुद्धामा पक्राउ गरी आवश्यक अनुसन्धानपछि सिरहा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राख्न सिरहा कारागार चलान गरिएको हो। 

लहान– ३ घर भई स्थानीय सन्तोष सः मिलमा पहरेदारको काम गर्दै आएका ७० वर्षका बिल्टु महतोको कर्तव्य गरी ज्यान मारेको अभियोगमा पक्राउ गरी अदालत पेश गरिँदा अदालतले थुनामा पठाउने आदेश दिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।

मृतक वृद्धकी पत्नी शिवादेवी महतोले सहनी र सिंहलाई प्रतिवादी बनाएर किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले फरक–फरक ठाउँबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

गत बैशाख २७ गते राती सः मिलमा सुतेका वृद्ध महतोको अनुहार र टाउकोमा काठको चिर्पटले प्रहार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उनी सुतेको खाटमुनि भेटिएको थियो। महतोको शवको परिवारजनको आग्रहमा धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो। 

राजकुमार महतो र रघुनाथ महतोले बेचन यादवबाट ठेक्कामा संचालन गरिरहेको उक्त सः मिलमा हत्या गरिएका वृद्ध महतो हत्या हुनुभन्दा करिब एक महिनाअघिदेखि त्यहाँ काम गरिरहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.