|

कञ्चपुर : कञ्चनपुरको  ९ वटा स्थानीय मध्ये चार वटा स्थानीय तहमा एमालेले अग्रता कामय गरेको छ। पुनर्बास नगरपालिका प्रमुखमा एमालेले ५ सय ४४ मत प्राप्त गरेको छ भने उपप्रमुखमा ५ सय २८ मत प्राप्त गरेको छ। माओवादी केन्द्रले प्रमुखमा ५ सय ७ मत प्राप्त गरेको छ भने उपप्रमुखमा ४ सय ३१ मत ल्याएको छ । कांग्रेसले प्रमुखमा ३ सय ९४ मत ल्याएको छ भने  उपप्रमुखमा ५ सय ५ मत प्राप्त गरेको छ। नेपाल लोकतान्त्रिक फोरमले प्रमुखमा १ सय ६९ मत उपप्रमुखमा १ सय ६६ मत प्राप्त गरेको छ।

यस्तै बेदकोट नगरपालिकामा पनि एमालेको अग्रता छ । सार्वजनिक परिणाम अनुसार ६ सय मत गन्दा सम्म एमाले प्रमुखमा २ सय १२, उपप्रमुखमा २सय ३३ कांग्रेसले मयेरमा १सय ७३ उपप्रमुखमा १४८ र माओवादीले प्रमुखमा १सय ३१र उपप्रमुखमा १सय मत पाएको छ।

यता कृष्णपुर नगरपालीकामा पनि एमालेको अग्रता छ। एमालेले प्रमुखमा ८५ उपप्रमुखमा ९२, नेपाली कांग्रेस प्रमुखमा ५६ र उपमेयमा पनि ५६ मत ल्याएको छ। यस्तै माओवादी केन्द्रले  प्रमुखमा ३९ र उपप्रमुखमा ३३ मत प्राप्त गरेको छ। यता वेल्डाडी गाउँपालिमा एमालेको अग्रता छ। प्रमुखमा एमालेले १ सय ६२ कांग्रेसले १ सय २१ र माओवादी केन्द्रले ४६ मत ल्याएका छन्।

महाकाली नगरपालिकामा कांग्रेसले प्रमुखमा ५ सय ४४ मत ल्याएको छ भने उपप्रमुखमा ३ सय ७६ मत ल्याएको छ। एमालेले प्रमुखमा ४ सय १८ मत ल्याएको छ भने उपप्रमुखमा ५ सय ८८ मत ल्याएको छ। यस्तै माओवादी केन्द्रले  प्रमुखका १ सय ११ मत ल्याएको छ भने उपप्रमुखमा १ सय ७ मत प्राप्त गरेको छ। यस्तै राप्रपाले प्रमुखका १ सय ३३ मत ल्याएको छ भने उपप्रमुखमा १ सय ३२ मत प्राप्त गरेको छ।

शुक्लाफाँटा नगरपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादीले प्रमुखमा ४३ र उपप्रमुखमा ३१ र  एमालेले प्रमुखमा २५ र उपप्रमुखमा ३५ मत ल्याएको छ। यस्तै कांग्रेसले प्रमुखमा १६ र उपप्रमुखमा पनि १६ मत ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.