|

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। विहान मतगणना हुँदादेखि अग्रता लिएको कांग्रेसले १४ सय मत गणना हुँदासम्म अग्रता कायमै राखेको छ।

बिहीबार दिउँसो करिब ५ बजे प्राप्त मत विवरण अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ७११ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका प्रमुख पदका उम्मेदवार शिवराज सुवेदीले ५२८ मत सहित पछ्याएका छन्।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार गोमादेवी आचार्यले ४ सय ९५ मत ल्याएर अग्रस्थानमा छिन्। त्यस्तै नेपाली कांग्रेससँगको तालमेलमा उपप्रमुखको उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पोखरेलले ४६४ मत ल्याएका छन्।

अहिले बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ। स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा करिब ५० हजार मतदाताले मतदान गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.