|

  • राजेन्द्रबहादुर सिंह-

बझाङ : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पटक घोषणा भएको नतिजामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। बझाङ जिल्लाको काँडा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र धामीले ३ सय ९४ मत ल्याएर विजयी भएका छन्।

त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी उम्मेदवार कल्पना बोहराले ३ सय ९४ मत ल्याएर विजयी भएकी जिल्ला निर्वाचन अधिकृत ध्रुवप्रसाद ओझाले जानकारी दिए।

अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर बोहराले ३ सय ३६ मत पाएका छन्। उपाध्यक्ष पदकी निकटतम प्रतिद्वन्द्वी डोल्मा तामाङले ३३६ मत पाएकी छन्। उक्त गाउँपालिकामा ८ सय ८१ जना मतदाता र ५ वटा वडा रहेको छ।

बझाङका १२ स्थानीय तह मध्ये जयपृथ्वी नगरपालिकाका दुईवटा मतदान केन्द्रमा विवादका कारण पुन मतदान हुने भएकाले मतगणना सुरु भएको छैन। अन्य तहमा भने मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.