|

काठमाडौं : दोस्रो  चरणको निर्वाचन पर्यवेक्षकको जिम्मेवारी पाएको स्कोप नेपालले पहिलो चरणको निर्वाचनको तुलनामा भन्दा दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षा सुधार भएको बताएको छ । ७९ पर्यवेक्षक विभिन्न जिल्लामा खटाएको स्कोप नेपालले मतदाता शिक्षा यसपटक प्रभावकारी भएको पाएको हो ।

समग्रमा दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण भएको रिपोर्ट त्यस संस्थाको छ । मतदानमा वृद्धवृद्धा, अशक्तलाई प्राथामिकता दिने भनिएपनि मतदानकेन्द्र उचित व्यवस्थापन हुन नसकेको पर्यवेक्षणका रुपमा फेला परेको स्कोप नेपालले जनाएको छ ।  

मतदान केन्द्र तोक्ने सन्दर्भमा राजनीतिक दलहरु, स्थानीय प्रशासन र सरोकारवालाहरुवीच प्रभावकारी समन्वय गरी मतदाता तथा मतदान प्रक्रियालाई सहज हुने गरी छनौट गर्नुपर्ने सुझाव स्कोप नेपालले दिएको छ। यस्तै आचारसंहिता अनुगमन पनि आयोगबाट प्रभावकारी नभएको भन्दै त्यस विषयमा गम्मीर हुन आयोगलाई सो संस्थाले सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.