|

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। यस वडाको वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन्।

उनले ९१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे।

यस वडामा दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुला सदस्यमा हरिसिंह देउवा र हेमराज अवस्थी विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.