असार १५ मा धान रोपाईँ, फोटोहरू

|

भक्तपुर : भक्तपुरको चागुँनारायण नगरपालिकास्थित पञ्चमहालक्ष्मी मन्दीरमा पनि बिहीबार सामूहिक रोपाईं गरी धान दिवस मनाइएको छ। मन्दिर परिसरमै रहेको खेतमा आयोजना गरिएको रोपाईंमा स्थानीय बासिन्दा र भक्तजनहरु सहभागी थिए।

अन्नविना मानव जीवन असम्भव भएकाले माटोको सम्मानमा असार १५ मनाउने गरिएको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले बताए।  खेतीकिसानीतर्फ मानिसहरुको ध्यान कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले साँचो अर्थमा सम्बृद्ध नेपाल बनाउन कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले भने ‘जतिसुकै सम्पन्न भए पनि मान्छेले हिरामोती खाँदैन, सुनचाँदी खाँदैन, खाने त अन्न नै हो। राज्यले पनि कृषितर्फ समुचित ध्यान दिनुपर्छ।’ 

राज्यका कृषि नीतिहरु कागजमा मात्र सिमित हुन नहुने उनले बताए। कमलनयनाचार्यले भने– जडिबुटीमा प्रचुर सम्भावना छ भन्छौं, तर काम भएको छैन। ठूलो परिमाणमा प्रांगरिक मल उत्पादन गर्न सके काठ्माडौंजस्ता शहरमा गमलामा पनि खेती गर्न सकिन्छ।

कार्यक्रममा कृषि अभियन्ता शिव अधिकारी, व्यवसायी अरुणराज सुमार्गीलगायत पनि उपस्थित थिए।

हेर्नुस् फोटोहरूः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.