|

रुकुम: पूर्वी रुकुममा माओवादी केन्द्रले खाता खोलेको छ। अहिलेसम्म सिस्ने गाउँपालिकाका दुई वडा र भुमे गाउँपालिकाको एउटा वडामा प्यानलसहित माअोवादी केन्द्र विजयी भएको हो।

रुकुमको सिस्ने गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर बुढाले ३४७ मत ल्याएर विजयी भएका छन्। त्यस्तै
वडा नम्बर- ८ मा माओवादी केन्द्रकै खर्कसिंह थापा ५४८ मत ल्याएर विजयी भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ।

त्यस्तै भुमे गाउँपालिकाको वडा नम्बर- २ मा पनि माओवादी केन्द्रकै रामचन्द्र पुनको प्यानल विजयी भएको छ। रुकुमको सिस्ने र भुमे गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.