|

  • बुद्धकुमार आछामी-

सिन्धुलीः सिन्धुलीमा विद्यार्थी बोकेको सिंगलक्याप बोलेरो बिहीबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ विद्यार्थी घाइते भएका छन्।

गौमती उमावि माढी बजारबाट घरतर्फ फर्कंदै गरेका विद्यार्थी सवार ज१च १२९७ नम्बरको बोलेरो वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका– ७ बुका पुल नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने नौ विद्यार्थीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मृतक विद्यार्थीको सनाखत हुन सकेको छैन।

गम्भीर घाइते हुनेहरूमा कमलामाई नगरपालिका– ११ का धनबहादुर वाइवाका १३ वर्षका छोरा अमृत वाइवा, जगतबहादुर गोलेका छोरा पर्तीमान गोले, जनकपुर नगरपालिका– ११ का दीपक श्रेष्ठ, कमलामाई नगरपालिका– १ कै ललितबहादुर मगर, हर्कबहादुर स्याङ्तान, मानबहादुर मगर राजीव वाइवा, प्रतापसिंह स्याङ्तान, विनीता वाइवा, अस्मीमान मगर रहेका छन्।

अन्य दश जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइतेमध्ये विनीता वाइवा, ललित मगर र अस्मीमान वाइवालाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् लगिएको छ।

अन्य गंभीर घाइतेहरूलाई एम्बुलेन्समार्फत काठामाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताए।

अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। बोलेरो विपी राजमार्गबाट करिव ३० फिट तल खसेको थियो।

चालक नजिकै बसेर सिकारुले चलाएका कारण दुर्घटना भएको घाइते विद्यार्थीहरूले बताएका छन्। दुर्घटनापछि बोलेरोको चालक फरार रहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.