|

रूपन्देहीः रूपन्देहीमा मत गणना सुरु भएको पहिलो दिनको नतिजा मिश्रित रूपमा आएको छ। १६ स्थानीय तह रहेको रूपन्देहीका १५ वटा तहको मत गणना जारी छ।  

बुटवल उपमहानगरसहित देवदह नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ। यी दुवै नगरमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। समरीमाई गाउँपालिकामा पनि कांग्रेसको अग्रता रहेको छ।

जिल्लाको सदरमुकाम रहेको सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा नगरपालिका, ओमसतिया, कञ्चन र सियारी गाउँपालिकामा एमालेले अग्रता लिएको छ। जिल्लाको शुद्धोधन, मायादेवी, रोहिणी, गाउँपालिकामा नयाँ शक्ति पार्टी नेपाल र संघीय फोरम गठबन्धनको अग्रता रहेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र (राजपा)का मनमोहन चौधरीको अग्रता रहेको छ। संघीय समाजवादी फोरमको गठबन्धन दोस्रोमा रहेको छ। मर्चवारी, रोहिणी, गैडहवामा मधेसकेन्द्रित दलहरू अगाडि छन्।

कोटहीमाईमा भएको छैन मतगणना

रूपन्देहीको कोटहीमाई गाउँपालिकामा शुक्रबार मतदान हुँदै छ। गाउँपालिकाको वडा नम्बर– १ का माओवादीका उम्मेदवार मुरली मल्लाहको निधन भएपछि शुक्रबारका लागि मतदान सारिएको थियो। यस वडामा मतदान भएपछि गणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.