|

  • मिलन विश्वकर्मा-

पाल्पा: जिल्लाको पूर्वखोला गाउँपालिका- ३ मा पुनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको छ।

नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार किशोर पँगेनीले फर्जी मत खसालेको भन्दै पुनः मतदानको माग गरेका हुन्। उनले तानसेनमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै झण्डै १५० मत फर्जी खसालेको भन्दै पुनः मतदानको माग गरेका हुन्।

नेपाली कांग्रेस पूर्वखोलाका संयोजक कृष्णप्रसाद शर्माले उद्धबुद्ध माविको क र ख केन्द्रमा फर्जी मतदाताहरूले मत खसालेको क्रम संख्या उल्लेख गर्दै निवेदन मुख्य निर्वाचन अधिकृतकोमा पेस गरेको बताए। उनले आफूहरूले मतपेटिका संकलन गर्ने क्रममा मुचुल्कामा समेत सहमति नगरेको जनाएका छन्।

पाल्पाका मुख्य निर्वाचन अधिकृत भरतमणि खनालले निर्वाचनका समयमा कुनै समस्या देखिए तत्कालै कारवाही हुने भए तापनि आफूले बिहीबार मात्र यस विषयमा जानकारी प्राप्त गरेको बताए। उनले भने, ‘हामीलाई यस विषयमा पूर्व जानकारी छैन। सुरक्षा व्यवस्था राम्रो थियो। अहिले केही भन्न सकिँदैन।’

बिहीबार दिउँसो २ बजेपछि मात्र पूर्वखोलाका अन्य वडाहरूको मतगणना सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.