|

रुकुम : दोस्रो चरणमा निर्वाचन भएका रुकुमका तीनवटै स्थानीय तहमा  नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। पहिलो चरणमा निर्वाचन भएको जिल्लाका सबै स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले दोस्रो चरणमा पनि अग्रता हासिल गरेको हो।

माओवादी केन्द्रले अहिलेसम्म गणना भएका चारवटा वडामा पनि जित हासिल गरेको छ।  रुकुमको सिस्ने गाउँपालिकाको वडा नं १ मा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर बुढाले ३४७ मत ल्याएर बिजयी भएका छन्। त्यस्तै ८ नम्बर वडामा माओवादी केन्द्रकै खर्कसिंह थापा ५४८ मत ल्याएर विजयी भएका छन्।

भुमे गाउँपालिकाको वडा नम्बर २ मा पनि माओवादी केन्द्रका रामचन्द्र पुनको प्यानल नै विजयी भएको छ । रुकुमको पुथा उत्तरगंगा गाउँपालिका १ को वडाअध्यक्षमा माओवादी केन्द्रका मकरसिङ गुरुङ विजयी भएका छन्।

सिस्ने गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष
नेकपा माओवादी केन्द्र : कुमारी बराल ८९०/ गोवर्धन बुढा ८९०

काग्रेस एमाले गठबन्धन : नन्दलाल शर्मा ३८९/ लक्षीराम घर्ती ३४६
 

भुमे गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष
माओवादी केन्द्र : रामसुर बुढा ३००/ मनकुमारी बिष्ट ३०१

नेकपा एमाले : आशा स्वर्णकार १९९/ कमानसिंह डाँगी १९९

नेपाली काग्रेस : गञ्जसिंह बुढा ३/ कमला खड्का ३
 

पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष

माओवादी केन्द्र : ओमप्रसाद घर्ती २२६/ ओमकुमारी शाही २२७
नेकपा एमाले : भिउमान घर्ती १०४/ सीता घताने १०३

नेपाली काग्रेस : काजीमान घर्ती २९/ रविना घर्ती ४१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.