|

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका १ मा अध्यक्ष सहित प्यानल नै नेकपा माओवादी केन्द्रले जितेको छ। बर्जु गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका श्यामकुमार गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन्।

श्यामकुमार गुरुङले ५ सय ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्ववन्दी नेकपा एमालेका वीरबहादुर गरुङले ५ सय ४९ मत प्राप्त गरे। गुरुङ सुनसरीको १२ वटा स्थानीय तहको १२४ वडामध्ये पहिलो निर्वाचित वडाध्यक्ष भएका छन्।

यसैगरी उक्त वडाको महिला सदस्यमा माओवादी केन्द्रकी राजदेवी मगर, दलित महिला सदस्यमा शोभादेवी ऋषिदेव, खुला सदस्यमा लालबहादुर राय अमात र रामजी कामत विजयी भएका बर्जुका निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.