|

सुनसरी : सुनसरीको मुख्य चासोको रुपमा हेरिएको धरान उपमहानगपालिका र इटहरी उपमहनगरपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ।

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका प्रमुखमा उम्मेदवार तिलक राईले ४९९ मत प्राप्त गर्दा नेकपा एमालेका तारा सुब्बाले २८१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिएका छन्।

उनका अनुसार संयुक्त गठबन्धनका उम्मेदवार बनेका माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अइन्द्रविक्रम वेघाले १२८ मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसमा श्यामा रेग्मीले ४९६ मत ल्याउदा एमालेका मञ्जु भण्डारीले ३०३ मत प्राप्त गरेका छन्। संयुक्त गठबन्धनबाट उम्मेदवार भएका संघीय समाजवादी फोरमका उपमेयरका उम्मेदवार पारस राईले ४२ मत प्राप्त गरेका छन्।

यसैगरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नपाली कांग्रेसमा रोहितप्रसाद प्रसाईले ७६९ मत प्राप्त गर्दा नेकपा एमालेका द्वारिकलाल चौधरीले ६३६ मत प्राप्त गरेको निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिए। इटहरीमा राप्रपाका रोहितकुमार कार्कीले प्रमुखमा ११० मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका विमला ढकालले ७८९ मत प्राप्त गर्दा नेकपा एमालेका लक्ष्मी गौतमले ५९८ मत प्राप्त गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार सुनसरीको चार नगरपालिमा मध्ये तीनवटामा नपाली कांग्रेसको अग्रता देखिएको छ। बराह, रामधुनी र इनरुवा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने दुहवीमा नेपाल लोकतान्त्रिक फोरमले अग्रता लिएको छ।

यसैगरी ६ गाउँपालिकामध्ये कोशी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन्। बर्जुमा माओवादी केन्द्र अगाडि देखिएको छ। भोक्राहा, हरिनगरा र गढिमा नेपाली कांग्रेसले अग्रता लिएको छ। देवानगञ्जमा फोरम लोकतान्त्रिकले अग्रता लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.