|

रुकुम :  रुकुमको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ओमप्रकार घर्ती विजयी भएका छन्। उनले २५५१ मत ल्याएर विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भिउमान घर्तीले १२६३ र नेपाली कांग्रेसका उम्मेदवार काजीमान घर्तीले १११४ मत ल्याएका छन्।

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै उम्मेदवार ओमकुमारी शाही २६३५ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी सीता घतानेले १४८१ मत र नेपाली कांग्रेसकी

रविना घर्तीले ७९९ मत ल्याएकी छन्। गाउँपालिकाको १४ वडामध्ये १० वडामा माओवादी केन्द्र, २ वटामा नेपाली कांग्रेस र २ वटामा नेकपा एमाले विजयी भएका छन्। यसअघि पहिलो चरणमा निर्वाचन भएका रुकुमका ६ स्थानीय तहमा पनि नेकपा माओवादीले जित हासिल गरेको छ। अब रुकुमका दुई स्थानीय तहको नतिजा आउन बाँकी छ। ती दुबै तहमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.