|

कावासोती : नेकपा एमालेले प्रदेश नम्बर ५ मा खाता खोलेको छ। प्रदेश ५ अन्र्तगतको नवलपरासीको सुस्ता गाउँपालिकामा नेकपा एमालेका रामप्रसाद पाण्डे अध्यक्ष पदमा विजयी भएका हुन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसमुद्धिन शेखलाई पराजित गरेका हुन्। पाण्डेले ३३ सय ७० ल्याए भने शेखले २८ सय १९  मत ल्याएका छन्।

यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी थरुनी विजयी भइन्।  उनले ३ हजार ५ सय ६५ मत ल्याइन् भने कांग्रेसकी  उपाध्यक्ष पदकी उम्मेदवार विमला उपाध्यायले २८३५ मत ल्याएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.