|

एजेन्सी : जर्मनीको संसदले समलिङगी विवाहका पक्षमा निर्णय गरेको छ। चान्सलर एन्जेलान मर्केलले लामो समयदेखि समलिङगी विवाह सम्बन्धी विधेयक संसदमा पेश गर्न थिइनन्। यस विधेयकलाई संसदमा पेश गर्नका लागि मर्केल सहमत भएको भोलीपल्टै बहुमतले विधेयक पारित भयो।

अब यो विधेयक कार्यान्वयनमा आउनका लागि अर्को साता माथिल्लो सदनले सदर गर्नुपर्नेछ। मतदानमा ३ सय ९३ सांसदले समलिङगी विवाहका पक्षमा भोट खसाले।  २२६ जनाले विपक्षमा भोट खसाले भने ४ जना तटस्थ रहे।

चान्सलर एन्जेला मर्केलले विपक्षमा भोट खसालिन्। यसअघि समलिङगी विवाहले जन्मदर कम गर्ने भन्दै यसको विपक्षमा देखिएकी चान्सलर मर्केलले यो विधेयक पारित भएपछि सकारात्मक अभिव्यक्ति दिएकी छिन्। ‘मेरा लागि विवाह भनेको पूरुष र महिलाबीच हुने हो। तर अब यो विधेयक पारित भएपछि यसको दायरा फराकिलो हुनेछ,’ उनले भनेकी छिन्।

यो विधेयक पारित भएपछि अब समलिङगी जोडीहरुले विवाह गर्न र बालबच्चालाई पाल्न पाउनेछन्। यस विधेयकको विपक्षमा मत खसोपनि एन्जेला मर्केलको नाम समलिङगी विवाहलाई कानूनी मान्यता दिने राष्ट्रप्रमुखका रुपमा इतिहासमा रहनेछ।

यस विधेयक संसदबाट पारित भएको दिन बामपन्थीहरुले आफ्नो ऐतिहासिक विजय भएको अभिव्यक्ती दिएका छन्। वर्षौदेखि उनीहरु यस विधेयकलाई संसदमा ल्याउन संघर्षरत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.