|

बैतडी : बैतडीको दशरथचचन्द नगरपालिकाको प्रमुख र उप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ३ हजार ७६२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी राप्रपाका पुष्करराज जोशी लख्खाभाइले ३ हजार ७०० मत प्राप्त गरेका थिए। उनी ६२ मतले पराजित भएका हुन्।

लख्खाभाइले मतगणनाको सुरुवातदेखि अग्रता लिँदै मतान्तर दोब्बरसम्म पुर्‍याएका थिए। तर मतगणनाको अन्तिमतिर उनले धेरै मत लिन सकेनन् र पराजित भए।

उपप्रमुखमा पनि नेपाली कांग्रेसकै मिना चन्द विजयी भएकी छिन्। चन्दले ३ हजार ७३१ मत पाईन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी सरस्वती नेपालीले २ हजार ९९७ मत प्राप्त गरिन्। कडा प्रतिस्पर्धामा जित हात पारेपछि कांग्रेसले शुक्रबार राति नै विजय जुलुस निकालेको छ। प्रमुखमा विजयी थापाले जनताले विश्वास गरेकाले ईमान्दारीका साथ काम गर्ने प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.