|

सोलुखुम्बु : सोताङ गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्ष\उपाध्यक्ष विजयी भएका छन्।

एमालेका उम्मेदवार वीरबहादुर राई एक हजार ३ मतसहित अध्यक्ष निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दिपक खड्काले ८ सय ७१ मत प्राप्त गरे। खड्का काग्रेसको ‘बागी’ उम्मेदवार हुन्।

एमालकै लक्ष्मी बस्नेत १ हजार ६७३ मतसहित उपाध्यक्ष चुनिएकी छिन्। कांग्रेसका खिलराज बस्नेतले ८४३ मत प्राप्त गरे । ५हजार ११३ मतदाता रहेको यो गाउँपालिकामा ३ हजार ६६७ मत खसेको निर्वाचन अधिकृत हिमलाल भण्डारीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.