|

कपिलवस्तु: कपिलवस्तुको ३ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन्। कपिलवस्तु नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार रामदास गुप्ता अगाडि छन्।

उनले २ हजार ६१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण सिंहले १ हजार ७५२ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनता पाटी नेपालले नेपाल चुनाव नलड्ने भएपछि गुप्ताले स्वतन्त्र उम्मेदवार बनेका हुन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र मानिने कृष्णनगर नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार रजतप्रताप शाह अगाडि छन्। उनले १ हजार ३६४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका श्यामकुमार मिश्राले १ हजार २६१ मत प्राप्त गरेका छन् । संघीय समाजवादी फोरमले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

 त्यस्तै महाराजगञ्ज नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दिर्घनारायण पाण्डे अगाडि छन्। उनले १ हजार ६८२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अब्दुल कलाम खाँले १ हजार ६६२ मत प्राप्त गरेका छन्। कांग्रेसले टिकट नदिएपछि पाण्डे स्वतन्त्र उम्मेदवार बनेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.