|

–शशिधर भण्डारी

प्यूठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन्।गाउँपालिका अध्यक्षमा जनमोर्चाका तिलकबहादुर जिसीले ३७ सय १३ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार पितबहादुर महतरालाई ९ सय ३२ मतले पछाडी पार्दै जिसी विजयी भएका हुन्।  त्यस्तै  उपाध्यक्षमा जनमोर्चाकै  पवित्रा जिसी विजयी भएकी छन्। उनले  ३७ सय ९० मत प्राप्त गर्दा प्रतिद्धन्दी माओवादी केन्द्रकी राधा जिसीले २५ सय २६ मत प्राप्त गरेकी छन्।  

झिमरुक गाउँपालिकाका १ वडामा एमाले, २, ७ वडामा काग्रेस,  ३, ४,५, ६ वडामा जनमोर्चा र वडा ८ मा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए ।

प्यूठानमा अहिलेसम्मको नतिजा अनुसार सरुमारानी गाउँपालिकामा एमालेका झग बहादुर वि.क., मल्लरानीमा राजमोका अमरध्वज राना विजयी भैसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.