|

नवलपरासी :  नवलपरासीको सुनवल नगरपालिका प्रमुखमा  नेपाली कांग्रेसका भीमबहादुर थापा (भरत) विजयी भएका छन् । भरतले ९ हजार ७ सय ७  मत प्राप्त गरी विजयी भएका हुन् उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी विमला अर्यालले ९ हजार १ सय ८२  मत प्राप्त गरिन् । नेकपा एमालेकी उम्मेदवार  विमला अर्याललाई ५ सय २५ मतले पराजित गर्दै भीमबहादुर थापा भरत नगर प्रमुख बनेका हुन् । उनी उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष समेत हुन् ।

उपमेयरमा भने नेकपा एमालेका दघिराम अर्याल विजयी भएका छन् । उनले ९ हजार ९ सय १० मत प्राप्त गरे  नेपाली कांग्रेसका तारादेवी भण्डारीले ८ हजार ५ सय ५४ मत प्राप्त गरेका छन् । १३ वटा वडा रहेको सुनवल नगरपालिमा ९ वटा वडा नेकपा एमाले, ३ वटा वडामा नेपाली कांग्रेस र १ वटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.