|

चितवन : पश्चिम चितवनको शुक्रनगरमा गोलीहानी लुटपाटको घटनाका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको विशेष अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा घटनाका मुख्य योजनाकार कृष्ण शाहीलाई  भारतको दिल्लीबाट पक्राउ गरिएको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । पक्राउ पर्ने २७ वर्षीय कृष्ण शाही  पर्वत पकुवा घरभई हाल  चितवनको भरतपुर २७ स्थित ससुरालीमा बस्दै आएका थिए। उनलाई गत असार १५ गते भारतमा पक्राउ गरिएको थियो।

चितवन प्रहरीले भने पत्रकार सम्मेलन गरी शनिबार सार्वजनिक गरेको हो । उनीसँगै चोरीमा संलग्न रहेका अन्य २ जनलाई चोरिएका सामान सहित यसअघिनै प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले लुटेका गहना गालेर अर्कै गहना बनाएको अबस्थामा बरामद गरिएको थियो ।

यसअघि पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु नगरपालिका १० अरुण खोलाका लक्ष्मण परियार र नारायण विक हुन्। उनीहरुबाट ८३ हजार नगद, पेस्तोल, गरगहना, हम्मर, खुकुरी ,रड, चक्कु बरामद गरिएको थियो ।

भरतपुर महानगर वडा नम्बर २५ स्थित शुक्रनगरमा जेठ ४ गते पेस्तोलको प्रयोगगरी हम्बर र रडले हानेर लुटपाट गरी उनीहरु फरार भएका थिए ।  लुटेराको गोली लागी घाईते भएका स्थानीय २५ बर्षका गंगासागर महत्तोको उपचारको क्रममा मृत्यु भैसकेको छ ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.