|

गुल्मी: गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्।

कांग्रेस एमालेका तर्फबाट तालमेलमा अध्यक्ष उपाध्यक्ष उठाइएको एमालेका एकल उम्मेदवारहरु विजयी भएका हुन्। गाउपालिका अध्यक्षमा एमालेका मधुकृष्ण पन्त ५ हजार ५५१ मतका साथ विजयी हुदा कांग्रेसका अन्तराम पौडेलले ५ हजार ११४ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्ष एमालेकै दर्मदा भण्डारी विजयी भएकी छन्। उनले ५ हजार ४७६ मत प्राप्त गरेका विजयी हुदा माओवादी केन्द्रका रामप्रसाद पाण्डेय ४ हजार ७ सय ३७  मत प्राप्त गरी पराजित भएका छन्।

गुल्मीका चार स्थानीय तहमा कांग्रेस र माओवादी गठबन्धन रहेकोमा दुई तहमा एमालेले जित हासिल गरिसकेको छ। एक गाउँपालिकामा मात्रै गठबन्धन सफल भएको छ।  आउनबाकी कालीगण्डकी गाउँपालिकामा समेत एमालेको अग्रता कायम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.