|

गुल्मी: गुल्मीको मुसीकोट नगरपालिका प्रमुख/उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन्। मुसीकोट नगरपालिकामा विजयी भएसंगै गुल्मीका दुई वटै नगरपालिकामा एमाले पोल्टामा परेको छ।   

मुसीकोट नगरपालिका प्रमुखमा नेकपा एमालेका सोमनाथ सापकोटा ६६६८ मतसहित विजयी भएका छन्।  उनले कांग्रेसकाका कृष्णहरि सापकोटा ५५८७ लाई पराजित गरेका हुन्। त्यस्तै उपप्रमुखमा कमला शर्मा ६६६७ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी विष्णु सापकोटाले ५७१६ मत ल्याइन्।

यस अघि रेसुङ्गा नगरपालिकामा पनि एमालेका प्रमुख/उपप्रमुखका उम्मेदवार विजयी भएका छन्। यो विजयी सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपीशर्मा ओली गुल्मीको तम्मघास पुगेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.