|

सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकामा नेकपा एमालेको प्यालनै विजयी भएको छ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका ङिमदोर्जी शेर्पाले वहाका निकटतम प्रतिद्धन्दी काग्रेसका उम्मेदवारलाई २२ मतले पछि पार्दै अध्यक्ष पदमा बिजयी भएका हुन् । उनले १ हजार ४२४ मत प्राप्त गरे। उपप्रमुखमा एमालकै टासी ल्हमु शेर्पा १ हजार ४२१ मत सहित बिजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए। पाँच वडा रहेको यस गाउपालिकाको वडा नम्बर १ मा ङिमा दोर्जी शेर्पा, २ मा आङफुर्वा शेर्पा, ३ मा मिङ्मार छिरिङ शेर्पा, ४ मा लक्षण अधिकारी र ५ वडामा छिरिङतेन्जू शेर्पा बिजयी भएका छन् । यहाँको सम्पुर्ण वडामा नेकपा एमालको निकटतम प्रतिद्धन्दी नेपाली काग्रेस रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.