|

प्यूठान :  प्यूठानको ऐरावती गाउँपालिकामा एमाले–माओवादी केन्द्र गठबन्धनलाई पछि पार्दै नेपाली कांग्रेसका नविलबिक्रम शाह अध्यक्षमा निर्वाचित भएका छन्। शाहले २४९० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टीकाबहादुर गुरुङले २४७४ मत पाए। यो गाउँपालिकामा एमाले र माओवादीको तालमेल थियो। जस अनुसार अध्यक्षमा एमाले उम्मेदवार थिए भने उपाध्यक्षमा माओवादी उम्मेदवार थिए।

अध्यक्षमा गठबन्धनका उम्मेदवार पराजित भए पनि उपाध्यक्षमा भने माओवादी केन्द्र–एमाले गठबन्धबाट माओवादी केन्द्रका वुद्धबहादुर जि.सी (बसन्त) विजयी भएका छन्। जिसीले २१९९ मत पाएको भने  उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सीता गैरले २१६८ मत ल्याइन्।

यस नतिजा पछि प्यूठानका नौ स्थानीय तहमध्ये ५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जस अनुसार अध्यक्षमा सरुमारानी गाउँपालिका र माण्डवी गाउँपालिकामा एमाले, मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिकामा राजमो तथा ऐरावती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

उपाध्यक्षमा झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा राजमो, सरुमारानी गाउँपालिकामा एमाले , माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.