|

बैतडी: बैतडीका दुई स्थानिय तहको प्रमुख पदमा शिक्षकबाट राजिनामा दिएकाहरु विजयी भएका छन। त्यस्तै एक उपप्रमुखमा पनि शिक्षकबाटै राजनीमा दिएकी उम्मेदवार विजयी भएकी छन्।

जिल्लाको मेलौली नगरपालिकामा नेपाली कांगेसबाट कृष्णसिंह नायक विजयी भइका छन्। त्यस्तै  पञ्चेश्वर गाउँपलिकामा एमालेबाट गोरखबहादुर चन्द बिजयी भएका छन्।  नायक र चन्द दुबै जना शिक्षकबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रिएका थिए ।

मेलौली नगरपालिकाको प्रमुखमा कृष्णसिंह नायक २३ सय ४४ मत प्राप्त गरी बिजयी भएका हुन। उनका निकटतम प्रतिस्पर्धी माओवादीकेन्द्रका भीमबहादुर चन्दले २ हजार ६४ मत पाए। 

पञ्चेश्वर गाउँपालिकामा एमालेबा चन्द २ हजार ६०८ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेशबहादुर चन्दले १ हजार ७१८ मत प्राप्त पाए।  

पुर्चौडी नगरपालिकाको प्रमुखमा पनि शिक्षकबाट राजिनामा दिएर एमालेबाट चुनाव लडेका कर्णबहादुर कुँवरले कडा प्रतिस्पर्धामा छन्। मतपरिणाम जारी रहदा उनले माओवादी र कांग्रेसका उम्मेदवारलाइृ कडा टक्कर दिएका छन्।

शिक्षकबाट राजिनामा दिएकी मिना बनिन् उपप्रमुख

दशरथचन्द नगरपालिकाको नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित मिना चन्दले पनि तीन महिनाअघि शिक्षकबाट राजिनामा गरेर चुनावी मैदानमा होमिएकी हुन्। उनले एमालेकी सरस्वती नेपालीलाई ७ सय ३१ मतले पराजित गर्दै उपप्रमुखमा बिजयी भएकी हुन्। चन्दले ३७ सय ३१ मत पाएकी थिईन भने नेपालीले २९ सय ९७ मत प्राप्त गरेकी थिईन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.