|

गुल्मी : गुल्मीको मुसीकोट नगरपालिकामा आफनै दाइलाई हराउँदै ओमबहादुर खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ४ मा एमाले उम्मेदवार भाइ ओमबहादु खत्रीले नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रहेका दाइ यमबहादुर खत्रीलाई पराजित गरेका हुन्। भाइ ओमबहादुरले १ हजार १ सय ६१ मत ल्याई विजयी भएका हुन्।

दाजु यमबहादुरले ९ सय २७ मत ल्याएर भाइसँग पराजय भएका हुन्। दाजु यमबहादुरले यसअघि नै रगतको नाता र राजनीति सम्बन्ध फरक भएको बताउँदै आएका थिए। भाइले पनि पारिवारिक सम्बन्धमा तिक्तता नभएको बताउँदै जित हार पार्टीबीचमा भएको तर दुई भाइबीचमा नभएको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.