|

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख\उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। २ हजार ७५१ मत ल्याई कांग्रेसका नाम्गेल जाङ्बु शेर्पा नगरप्रमुख निर्वाचित भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी एमालेका आङइगेले शेर्पाले २ हजार ६०१ मत ल्याए।  उपप्रमुखमा भने एमालेकी कल्पना राई विजयी भइन्। उनले २ हजार ७६० मत ल्याएकी हुन्। निकटम प्रतिद्वन्द्वी कांग्रेसकी छिन्डील्हामु शेर्पाले २ हजार ७१७ मत ल्याइन्। 

कांग्रेसका तर्फबाट वडा नम्बर १ मा छोङ्बा शेर्पा, २ मा मिङ्मार शेर्पा, ४ मा दावागेलु पाख्रिन र ९ मा  काजी शेर्पा अध्यक्षसहित प्यानलै विजयी भएको छ। एमालेबाट वडा नम्बर ३ मा गोपाल मगर, ८ मा पासाङ कटुवाल, ५ मा मिंमार तामाङ, ६ मा रामकुमार श्रेष्ठ र १० एमालेकै मिङ्मार छिरि शेर्पा अध्यक्षसहित प्यानल विजयी भएको छ।

१० वडा रहेका जिल्लामा  ११ हजार ८१४ मतदाता रहेकामा ७ हजार ८४६ खसेको खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.