|

  • भविश्वर पाण्डे-

नवलपरासी : नवलपरासीको सरावल गाउपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका राधेश्याम चौधरी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रदीपकुमार अग्रहरिलाई १ हजार १ सय २९ मतान्तरले पराजित गरेका हुन्।

चौधरीले ५ हजार ४५ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी अग्रहरिले ३ हजार ९ सय १६ मत प्राप्त गरेका थिए। गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी उत्तमा राय निर्वाचित भएकी छन्। उनले ४ हजार ४ सय ५८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी सुनिता हरिजनले ४ हजार ३ सय ४३ मत प्राप्त गरिन्।

पाल्हिनन्दनमा माओवादी

पाल्हिनन्दन गाउँपालिकामा माओवादी केन्द्रका बैजनाथ गुप्ता निर्वाचित भएका छन्। उनले ४ हजार ३ सय ५१ ल्याएर विजयी भएका हुन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसकी पवित्रा देवी कोहार निर्वाचित भएकी छन्। उनले ३ हजार ९ सय १७ मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.