|

 सिन्धुपाल्चोक : सिन्धुपाल्चोकाको पोखरेवेसीमा आइतबार दिउँसो भएको यात्रुवहाक बस दुर्घटनामा ६ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जैउँडाँडा घर भई ठूलोसिरुवारी मामाघरमा बस्दै आएकी सुजता परियारको उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयको डिएसपी श्याम अधिकारीले जानकारी दिए।

बा २ ख ७२०२ नम्बरको बस र बा ६३ प ३०२६ नम्बरको मोटरसाईकल चौतारा साँगाचोकगढी नगरपालिका ११ पोखरेबेसिमा ठोकिँदा बस दुर्घटना भएको थियो।

गम्भीर घाइते भएकाहरुको उपचार जारी रहेको छ। ५ जनाको अवस्था अझै चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। अरु बसमा सवारहरु भने सामान्य उपचारपछि आफ्नो गन्तव्यतर्फ लागिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.