अन्तरिम आदेश नआए प्रक्रिया रोकिँदैनः मुख्य निर्वाचन अधिकृत

|

  • मिलनप्रकाश ढुङ्गाल

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका प्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ ले मत परिणाम अस्वीकार गरेका छन्। लख्खाभाइ कांग्रेसका उम्मेदवार नरेन्द्रसिंह थापासँग ६२ मतले पराजित भएका थिए।

मत गणनामा धाँधली भएको भन्दै राप्रपा बैतडीले मतपरिणाम अस्वीकार गर्दै पुनः मतगणना गर्न माग गरेका छ। आइतबार सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलन गरेर राप्रपाले मतगणनाको समयमा बत्ति  निभाउने, टर्च बन्द गर्ने, प्रतिनिधिबाहेक अन्य व्यक्तिहरू निरन्तर मतगणनास्थलमा आवतजावत गर्ने, आफ्ना प्रतिनिधिहरूको सहीछाप बिना एकतर्फ ढंगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेर धाँधली गरेको उम्मेदवार जोशीको आरोप छ।

यस्तै मतगणना स्थलमा कतिपय कर्मचारी तथा प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरूको मिलेमतोबाट आफ्ना उम्मेदवारका विपक्षमा मतपरिणाम घोषणा गरेको उनको आरोप छ। ‘मैले ६२ मतले हारेको आधिकारिक जानकारी मलाई भएको छैन र एकतर्फी रुपमा मत परिणाम घोषणा गरियो’, लख्खाभाइले भने।

मतगणना स्थलमा खटिएका आफ्ना प्रतिनिधीहरूको गम्भीर असहमतिका बाबजुत मुख्य निर्वाचन अधिकृतले औँठाछाप लगाएको मत पनि सदर गरेको आरोप राप्रपाको छ। मतपरिणामको विवरण माइकिङ्ग गर्दा र कम्युटरमा राख्दा फरक राखेको प्रमाण आफूहरूसँग रहेको राप्रपाका जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए। ‘षड्यन्त्रपूर्वक हरेक वडामा मतपरिणाम सार्वजनिक गरियो’, उनले भने।

पुनः मतगणनाका लागि अपिल

मतगणनामा धाँधली गरी जनमतको अपहेलना गर्ने काम भएकाले पुनःमतगणनाका लागि उच्च अदालत कञ्चनपुरमा अपिल गरेको अध्यक्ष चन्दले बताए। ‘हामी सम्माननीय उच्च अदालतको पर्खाईमा छौ,’ उनले भने, ‘विजयी घोषणा भएका प्रतिनिधिलाई तत्कालै सपथग्रहण तथा पदबहाली नगराई पाउँ भनी जिल्ला अदातललाई पनि अपिल गरेका छौँ।’

अन्तरिम आदेश नआए प्रक्रिया रोकिँदैनः मुख्य निर्वाचन अधिकृत

दशरथचन्द नगरपालिकाका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले मतगणनामा धाँधली नभएको बताए। धाँधली भएको पुष्टि गर्न उनले चुनौती दिएका छन् । मतपरिणाममा असन्तुष्टि राख्न पाउनु अधिकारको कुरा भएको भन्दै उनले उच्च अदालतबाट अन्तरिम आदेश नआउँदासम्म आफूले प्रक्रिया नरोक्ने बताए। ‘अन्तिरिम आदेश नआए भोलि दिउसो तीन बजे प्रतिनिधिलाई शपथ गराउँछु,’ उनले भने, ‘उच्च अदालतले आवश्यक ठानेमा पुनःमतगणना हुन्छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • ध्रुव कुमार शाह गडीको डाडामा रहेको जगन्नाथ मन्दीरमा गएर मन्दीरको मुक्ख्य स्थानमा हात राखेर कसम खावोस कि धादली भा छैन भनेर माता रणशैनिको मन्दीरमा गएर कसम खावोस कि धादली भा छैन भनेर भन्न सक्छन जनताको प्रश्न हो यो

  • लख्खाभाइले कसैलाई आरोप लगाएको होइन उनले सत्य कुरा गरेका छन जनता लाई र कांग्रेस पार्टीका सवै कार्यकर्ता लाई पनि यो कुरा स्पष्ट थाहा छ वैतडी जिल्ला वडा न 6 मा घर भएका एक जनाब चन्द ब्रदर् ले यो गलत परिणाम निकाल्न बिसेस सहयोग गरेका हुन

  • न्यायाधिस साहले बदर मत लाई पानि सदर भनेर पछ्य लिएको छ बदर मत नै कम गर्ने हो भनेर लख्खाभाइको 500 मतको मतान्तरमा बिजय हुन्छ

  • मत गणनामा न्यायाधिसले निस्पछ्य हुनुपर्छ तर न्यायाधिसले निस्पछ्य नभएको आसंका छ जनता हरुको विश्वासको न्यायाधिस साहले विश्वासघात गरेकोमा मत गणना पुनः गरी लख्खाभाइको जित सुनिश्चीत भैसकेको जनता हरुको विस्वास छ