|

  • भोजराज कार्की-

सोलुखुम्बुः दूधकौसीका गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। 

आइतबार सम्पन्न मतगणनाअनुसार माओवादी केन्द्रका असीम राई दुई हजार ५१४ मतसहित अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हुतराज बस्नेत २१० मतअन्तरले पराजित भए।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सविना राई विजयी भएकी छन्। गाउँपालिका वडा नम्बर १, ३, ४ र ६ मा नेपाली कांग्रेस, वडा नम्बर २ मा नेकपा एमाले र वडा नम्बर ५, ७, ८ र ९ मा नेकपा माओवादी केन्द्रका अध्यक्षसहित प्यानल विजयी भएको छ। 

वडा नम्बर १ मा नेपाली कांग्रेसका घनराज सुनुवार, ३ मा भूपाल राई, ४ मा नातिकाजी गुरुङ र वडा नम्बर ६ मा फुर्तीमान तामाङ विजयी भएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ५ मा प्रेमबहादुर राई, ७ मा अनुप्रशान्त राई, ८ मा रामसंघर्ष किराती र वडा नम्बर ९ मा भूपाल राई विजयी भएका छन् भने वडा नम्बर २ मा नेकपा एमालेका उदयनारायण बस्नेतले जीत हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.