|

  • पेमा लामा-

काभ्रेपलाञ्चोकः पूर्वमन्त्री एंव नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस पार्टीभित्रकै अन्तर्घातको कारणले निर्वाचनमा  दोस्रो पार्टी बन्ने बताएका छन्।

आइतबार काभ्रेपलाञ्चोकको बनेपामा स्व. गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्म जयन्तीको अवसरमा काभ्रे कांग्रेसको आयोजनामा भएको स्थानीय चुनावका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले पार्टीभित्र अन्तर्घात गर्नेहरू बढ्दै गएको बताए। 

उनले भने, ‘पार्टीभित्रैबाट अन्तर्घात बढ्दै भएका कारण जनप्रिय मान्छेभन्दा पनि आफ्नो मान्छे छान्ने प्रवृत्तिले गर्दा हार व्यहोर्नुपरेको छ।’ 

पवित्र विचारधारा बोकेर आएको पार्टी कांग्रेस मात्रै भएको दाबी गर्दै नेता केसीले कांग्रेस कांग्रेसकै कारणले हारेको बताए।

कार्यक्रममा नेता केसीले काभ्रेमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Na kunai agenda cha, na kunai bichar ca, nepal ko rajnitik ethisaas ma sabai bhanda badhi samaya durupayog gareko kunai party cha vani tyo nepali congress ho, dhanna vagyamaani rahichhau nepal ko literracy rate le saath diyeko chha.