गुल्मी : मदाने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। एमालेका दानबहादुर केसी ४ हजार ४ सय २३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। कांग्रेसका महेन्द्र कुवँर २ हजार ९ सय २६ मत ल्याएर पराजित भए।
उपाध्यक्ष निर्वाचित एमालेकी सरिता खड्काले ४ हजार २ सय ११ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला भुसालले ३ हजार ४ मत पाइन्। मदाने गाउँपालिकामा ६ वडामा एमाले र कांग्रेस एक वडामा अध्यक्षसहित प्यानलै विजयी भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।